सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम सिफारिस

नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। 
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- नेपाल बार एशोसिएशनले न्याय परिषद् सदस्य नियुक्तिका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। 

आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ। बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो।

बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ। रासस

प्रकाशित: Nov 07, 2020| 14:37 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।