सोमबार, भदौ १५, २०८३

सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यानमा आज (शनिबार) बेलुका जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

सल्यान- सल्यानमा आज (शनिबार) बेलुका जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जीपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: Nov 07, 2020| 14:19 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।