अर्घाखाँची- सात चिकित्सक सहित १७ स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ।
अस्पतालका प्रमुख चिकित्सक डा. कपिल गौतमसहित सात चिकित्सक र १० स्वास्थ्यकर्मीमा लक्षण कोरोना देखिएपछि प्रसूति र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ।
उपचारमा अहोरात्र खटिएका चिकित्सकलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डा गौतमले बताए। रासस