काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा १५ सयभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीनवटा जिल्लामा आज ६२५ महिला र ८८७ पुरुष गरी १५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो पटक थपिएका सहित उपत्यकाका ३ जिल्लामा सक्रिय संक्रमितको संख्या १८ हजार ८६२ पुगेको छ।
जसमध्ये काठमाडौंमा १५ हजार ४५५ जना छन्। यस्तै भक्तपुरमा १ हजार २१६ तथा ललितपुरमा २ हजार १९१ सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितमध्ये काठमाडौं जिल्लामा मात्रै साढे ११ हजारभन्दा बढी सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्।