सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय दूतावासको सहयोगमा क्यानले पेबेलियनको स्तरोन्नति गर्ने

भारतीय दूतावासको सहयोगमा क्यानले पेबेलियनको स्तरोन्नति गर्ने

भारतीय दूतावासको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पेबेलियन हलको स्तरोन्नति गर्ने भएको छ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- भारतीय दूतावासको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पेबेलियन हलको स्तरोन्नति गर्ने भएको छ।

संघको आज (शनिबार) बसेको भर्चुअल बैठकले पेबेलियनको स्तरोन्नतिका लागि भारतीय दूतावासको सहयोग लिने निर्णय गरेको हो।

बैठकले क्यानको वार्षिक साधारणसभा मंसिर ३ गते गर्ने निर्णय गरेको बताएको छ।

क्यानले गत असोज ५ गते चितवनमा बैठक बस्दै असोज मसान्तमा साधारणसभा गर्ने निर्णय गरेको थियो। तर अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएपछि साधारणसभा स्थगित भएको थियो।

त्यस्तै, मुलपानीको माथिल्लो मैदानमा पनि ड्रेनेज निर्माण गरिने क्यानले जनाएको छ।

बैठकले एकेडेमी सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने साथै राष्ट्रिय खेलाडीका लागि फिटनेस प्रशिक्षक हायर गर्ने भएको बताएको छ।

त्यस्तै, राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प मंसिर १० गतेबाट सुरु हुने भएको छ। सम्पूर्ण स्वास्थ्य प्रोटोकल पुरा गर्दै क्लोज क्याम्प सुरु गर्ने क्यानले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: Nov 07, 2020| 10:15 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।