सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली र सचिवालयका बहुमत सदस्यको छलफल सकियो

प्रधानमन्त्री ओली र सचिवालयका बहुमत सदस्यको छलफल सकियो

प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सचिवालयका बहुमत सदस्यहरूको छलफल सकिएको छ। 
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र सचिवालयका बहुमत सदस्यहरूको छलफल सकिएको छ। 

केहीबेर अघि छलफल सकेर बहुमत सदस्यहरु बालुवाटारबाट बाहिरिएका छन्। 

सचिवालय बैठकका लागि आग्रह गर्न उनीहरु लिखित पत्र लिएर बालुवाटार पुगेका थिए। ओली र बहुमत सदस्यहरुबीच के के छलफल भयो भन्ने कुरा बाहिर आइसकेको छैन। 

ओलीलाई भेट्न जानु अघि बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका बहुमत सदस्यहररूले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए। 

त्यहाँ छलफल सकेर लिखित रुपमै प्रधानमन्त्रीलाई जानकारी दिन उनीहरु बालुवाटार पुगेर छलफल गरेका हुन्। 

शुक्रबार धुम्बाराहीमा भएको छलफलमा पनि नेताहरुले प्रधानमन्त्रीलाई बैठक बोलाउनका लागि आग्रह गर्ने निष्कर्ष निकालेका थिए।  

प्रकाशित: Nov 07, 2020| 07:29 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।