सोमबार, भदौ १५, २०८३

मृत्यु

...र आयो यसरी त्यो समय
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

 ० लीला अनमोल 

...र आयो यसरी त्यो समय
कि अवरोध भएर बाटोहरु
बिखलबन्दमा पर्‍याे भविष्य
पोलेर खप्नै नसक्ने भयो 
व्यथाको रापिलो आगो।

आँखाको डिलबाट
जमेर ओर्लिनै नसक्ने भयो
मुटु पिल्लिएर गालामा बग्ने नुनिलो पानी।

बाहिर कोभिडको सङ्क्रमण फैलिएजस्तै 
फैलिएपछि मभित्र पीडाको फ्लू 
पग्लिँदै गयो मेरो जागरको हिमाल
र, पानी भएर मेटियो मेरो सेतो सुन्दरता! 

फुलेन मभित्र एउटा पनि उत्साहको रातो फूल
बरु भुइँमा लतारेर बोट
उल्टै अस्तित्वको खेल खेलिरहे माटोसँग 
माटोले पनि त बचाउन बिर्सिँदो रहेछ वनस्पति 
जब विषादीको आक्रमण हुन्छ! 

हावाले पनि त आकारमा परिणत हुनु पर्दोरहेछ
जब बेलुनमा भरिन्छ
र सकिएको घोषणा हुँदो रहेछ 
जब फुट्छ प्याट्ट।

भित्र वातावरण धमिलिँदै गएपछि वरिपरि 
मेरो चेतना बिरामी भयो
र बिस्तारै मलाई मैले नै नचिन्ने भएँ 
बन्द भए उपायका ढोकाहरू 
मलाई मेरै स्वभिमानले गिज्यायो यतिविघ्न 
कि मानौं, 
दासता अंगालेर उभिनैपर्नेछ
रगताम्य पारेर पैताला हिँड्नैपर्छ यो बाटो।

मलाई त्यो सुन्दर गाउन जानु छ
जहाँ म मेरो स्वभिमानमा रमाउन सकूँ  

–बिर्तामोड, झापा

प्रकाशित: Nov 07, 2020| 07:07 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।