सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुम्बाराहीमा छलफल सकेर दाहालसहित सचिवालय सदस्यहरू बालुवाटरमा

धुम्बाराहीमा छलफल सकेर दाहालसहित सचिवालय सदस्यहरू बालुवाटरमा

सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीको अनौपचारिक बैठक सकेर पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुटार पुगेका छन्।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं– सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरू पार्टी मुख्यालय धुम्बाराहीको अनौपचारिक बैठक सकेर पार्टी अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुटार पुगेका छन्।  

उनीहरु बैठक बोलाउन  माग गरिएको लिखित पत्रसहित बालुवाटार पुगेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित अधिकांस सचिवालयका नेताहरूले अनौपचारिक छलफल गरेका हुन्।  

यसअघि शुक्रबार पनि सचिवालयका बहुमत सदस्यहरुको छलफलले ओलीलाई सहमतिमा बैठक राख्न लिखित आग्रह गर्ने निर्णय गरेको थियो। 

धुम्बाराही छलफलपछि कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटर पुगेका हुन्।  

प्रकाशित: Nov 07, 2020| 05:55 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।