काठमाडौं– सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिसँग भेट्नु अघि नेताहरू छलफलमा जुटेका हुन्।
यसअघि हिजो सचिवालयका बहुमत सदस्यहरुको छलफलले ओलीलाई सहमतिमा बैठक राख्न आग्रह गर्ने निर्णय गरेको थियो।
हिजोको छ्लफलमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी कमिटीको औपचारिक बैठक राखे त्यो विभाजनको बिन्दु हुने’ चेतावनी दिएका थिए।
हिजोको छलफलमा अर्का अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिएनन्।
आजको छलफलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन्।