सोमबार, भदौ १५, २०८३

चितवन बार एशोसिएसनको अध्यक्षमा अधिकारी

चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

चितवन– चितवन जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन्।

शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) का डा हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अधिकारीले १०७ मत प्राप्त गरेका थिए भने पोख्रेलले ८० मत प्राप्त गरे।

एशोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन्। डिएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन्।

खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे। सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भए।। उनका निकटतम प्रतिद्धन्दी डिएलएका श्रीराम दवाडी पराजित भए। मिश्रले ९९ र दवाडीले ८२ मत ल्याएका छन्।

कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन्। एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। 

प्रकाशित: Nov 07, 2020| 02:52 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।