भैरहवा- समुदायस्तरमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा ७५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय अनुसार जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ८ सय १ पुगेको छ । हाल जिल्लामा १ हजार ४ सय ३७ जना कोरोना संक्रमित उपचाररत छन् ।
५ हजार २ सय ८९ ले कोरोना जितेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए ।
कोरोना संक्रमित बिरामिको उपचारकोलागि प्रदेश सरकारले अस्पताल ब्यवस्थापनमा मात्रै करोडौ रकम खर्चेतापनि त्यो त्यति फलदायि देखिएको छैन ।
कोरोना संक्रमितका लागि एम्बुलेन्स समेत नपाउदा कतिपय विरामीको अस्पताल नपुग्दै ज्यान जाने गरेको छ ।
एक दर्जन भन्दा बढि विभिन्न संघसंस्थाले समान्य अवस्थामा एम्बुलेन्स चलाएको भएता पनि ती कुनैपनि एम्बुलेन्सले कोरोना संक्रमित बिरामि बोक्न मानेका छैनन ।