मोरङ- कोरोना भाइरसको संक्रमणबाट मोरङमा २६ वर्षीया युवतीसहित थप २ जनाको मृत्यु भएको छ ।
विराटनगरको नोवेल शिक्षण अस्पतालमा उपचाररत झापा शिवसताक्षी नगरपालिकाकी २६ वर्षीया युवती र सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
अस्पतलाका प्रबन्धक नारायण दाहालका अनुसार झापाकी २६ वर्षीया युवतीको आज (शनिबार) बिहान करिब ३ बजे मृत्यु भएको हो।
मृतक युवती कोरोना पोजिटिभ भएपछि उपचारका लागि कात्तिक १५ गते अस्पतालमा भर्ना भ
एकी थिइन् । युवतीमा दीर्घ रोग भए नभएको प्रष्ट नभएको अस्पतालले जनाएको छ ।
त्यसैगरि, सुनसरीको दुहबी नगरपालिका ९ की ६८ वर्षीया महिलाको भने शुक्रबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक महिला कात्तिक १७ गते अस्पताल भर्ना भएकी थिइन् ।