सोमबार, भदौ १५, २०८३

काष्ठमण्डप उद्घाटन वैशाख १२ मा

परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन्।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन्।

निर्माणाधीन सम्पदाको अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले  काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै  निर्धारित समयमा नै  सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिए।

अवलोकनकै क्रममा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले लक्ष्यानुरुप नै मरुसत पुनः निर्माणको काम सम्पन्न हुन लागेकामा सन्तोष व्यक्त गर्दै पुनः निर्माण हुन बाँकी  अन्य सम्पदा निर्माणका क्रममा पनि स्थानीयवासीलाई अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिए।

काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले आगामी वर्ष गोरखा भूकम्पका दिन उद्घाटन गर्ने गरी काम भइरहेको जानकारी दिए। प्रदेशसभा सदस्य शाक्यका अनुसार हालसम्म ७५ प्रतिशत काम सकिएको र तिहारसम्ममा ८० प्रतिशत  सक्ने गरी काम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले  दोस्रो र तेस्रो तलामा थाम राख्ने काम भइरहेको छ ।  नियमित रुपमा करीब ३५ जनाले काम गरिरहेका छन् ।   

विसं २०७२  वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति पुगेको सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । पुनःनिर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको भनाइ छ । आवश्यक पर्ने काठमध्ये केही यसअघिकै पुराना  प्रयोग भए पनि  केही नयाँ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ । 

एक जात्राका समयमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि उनले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । काष्ठमण्डप शब्द अपभ्रंश भई काठमाडौँको नाम रहेको भनाइ  पनि छ । 

मन्त्री ज्ञवाली र श्रेष्ठले वसन्तपुरस्थित हनुमानढोका दरबार हेरचाह अड्डाभित्र रहेका आगमछेँ, मोहनकाली चोक, कालिदमन चोक, सुन्दरी चोक, नासल चोक र मूल चोकका बारेमा जानकारी लिएका थिए।

प्रकाशित: Nov 07, 2020| 00:36 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।