सोमबार, भदौ १५, २०८३

मंसिर दुई गतेदेखि सार्वजनिक स्थलमा सितै खान नपाइने

काठमाडौं- खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ ।
 |  शनिबार, कात्तिक २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २२, २०७७

काठमाडौं- खुलामञ्चलगायत काठमाडौँका कुनै पनि सार्वजनिक स्थलमा आगामी मङ्सिर २ गतेदेखि निःशुल्क भोजन नगराइने सहमति भएको छ ।

खुला स्थानबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा कामपा र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका दाताबीचको छलफलपछि यस्तो सहमति भएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले  मानिसलाई एकै ठाउँमा भेला गर्नुभन्दा आवश्यक भएका ठाउँमा सानो समूहमा भोजनको व्यवस्था गर्नुपर्ने बताएका छन्।

प्रमुख शाक्यले बन्दाबन्दीका समयमा महानगरले एक लाख ५० हजार परिवारलाई राहतस्वरुप राशन वितरण र  दुई लाख ५० हजार व्यक्तिलाई निःशुल्क भोजन गराएको पनि स्मरण गराए। 

“दाताहरुले खाना खुवाएकामा हाम्रो विरोध होइन, खाना खानेहरुको स्वास्थ्य सुरक्षासम्बन्धी चासो भने अवश्य हो, खुला मञ्चको साटो पार्टी प्यालेसतिर व्यवस्था गरौंँ । यसका लागि आवश्यक पर्ने थप खर्च कामपा पनि व्यहोर्न तयार छ”, प्रमुख शाक्यले भने । 

उक्त छलफलमा निःशुल्क भोजनको व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियशन एशोसिएशन, लायन्स क्लब अफ काठमाडौँ, न्यु ग्रीन सिटी, सेफ्स एशोसिएशन अफ नेपाल, हाम्रो सानो प्रयासलगायत सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए।
 

प्रकाशित: Nov 07, 2020| 00:15 शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।