सोमबार, भदौ १५, २०८३

आज थपिएका संक्रमितमध्ये ४६ प्रतिशत उपत्यकामा

काठमाडौँमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ गरी उपत्यकामा कुल १ हजार ३३० जना कोरोना संक्रमित थपिएका हुन्।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं-  उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार ५७० जना महिला र ७६८ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ गरी उपत्यकामा कुल १ हजार ३३० जना कोरोना संक्रमित थपिएका हुन्। यो संख्या आज देशभर थपिएको कुल संख्याको ४६ प्रतिशत हो । 

योसँगै काठमाडौंमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ४७९,  भक्तपुरमा ६ हजार ३५३ र ललितपुरमा ९ हजार ८५० पुगेको छ। 

हाल काठमाडौँमा  १५ हजार १ सक्रिय संक्रमित छन् भने भक्तपुरमा १ हजार २४२ र ललितपुरमा २ हजार २२६ जना सक्रिय संक्रमित छन् । 
 

प्रकाशित: Nov 06, 2020| 12:31 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।