सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकताबद्ध बनाएर लैजानुको विकल्प छैन, नेताहरु मिल्नैपर्छ : नेम्वाङ

पार्टी एकताबद्ध बनाएर लैजानुको विकल्प छैन, नेताहरु मिल्नैपर्छ : नेम्वाङ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी स्थायी कमिटीले अनुमोदन गरेको सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन्।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी स्थायी कमिटीले अनुमोदन गरेको सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताएका छन्।

नेपाल समयसँगको कुराकानीमा नेम्वाङले दुईवटा अध्यक्षले छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्। ‘दुई अध्यक्षले सहमतिको दस्तावेज तयार गर्नुभएको छ। पार्टी स्थायी कमिटीले अनुमोदन गरेको छ,’ उनले भने,‘ त्यही सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। आज बिहान मैले अध्यक्ष प्रचण्डलाई पनि त्यही भने।’

उनले नेकपासामु अर्को विकल्प नै नभएको भन्दै सबै जिम्मेवार हुनुपर्ने धारणा राखे।

‘हामीले जनतासमक्ष, कार्यकर्ता पंक्ति समक्ष गरेको प्रतिबद्धता हो। यो भएन भने हामीले के जवाफ दिन्छौं यसले गम्भीर प्रश्न उठ्छ,’ उनले भने,‘यस बारेमा सबै पार्टी पंक्ति, सिंगो देश र जनता र एवम् प्रमुख प्रतिपक्षी दलले पनि यसले तपाईहरु मिल्नुस् यसले हामीलाई पनि अप्ठ्यारो पार्छ भनिरहेका छन्।’

पार्टीभित्र देखिएको समस्या समाधान गर्न दुवै अध्यक्ष र सबै नेताहरुको ध्यान जानुपर्ने उनले बताए। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालयका सदस्यहरुबीच अध्यक्ष केपी शर्मा ओलीसँगकै सहमतिमा छलफल भएको उनले बताए। 

‘हिजो नै प्रचण्ड कमरेडले अध्यक्ष केपी ओलीलाई भन्नुभएको थियो। सचिवालय केही सदस्यहरुसँग म धुम्बाराहीमा भेट्छु। उहाँहरुसँग यहाँको ब्रिफिङ पनि गर्छु। र उहाँहरुको कुरा सुनेर तपाईसँग आएर भेट्छु। भन्नुभएको थियो,’ उनले भने। 

आज बिहान आफूले भेट गर्दा पनि उनले त्यही कुरा बताएको उनले बताए। ‘तपाईले त अब बालुवाटार जान्न भनेर भन्नु भएको कुरा सञ्चार माध्यममा आएको छ भनेर सोध्दा उहाँले त्यो मैले भनेको होइन। मैले त्यसो भनेको छैन।,’ दाहालको भनाइ उधृत गर्दै उनले भने।

प्रकाशित: Nov 06, 2020| 12:16 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।