सोमबार, भदौ १५, २०८३

पार्टी एकता जोगाउन ओलीसँग फेरि आग्रह गर्छु : दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाउन फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने बताएका छन्।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता जोगाउन फेरि एकपटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको अनौपचारिक छलफल सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।

‘मैले पटक पटक एकता जोगाउन आग्रह गर्दै आइरहेको छु,’ उनले भने,‘फेरि एक पटक आग्रह गर्छु।’ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिमा नै आज सचिवालयका सदस्यहरुसँग धुम्बाराहीमा छलफल गरेका हुन्।

छलफलले शनिबार सामूहिक रुपमा प्रधानमन्त्रीसँग भेटेर पार्टी एकता जोगाउन र पार्टी कमिटीको बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको छ। आजको छलफलमा दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

दाहालको सचिवालयले सबै सदस्यहरुलाई छलफलका बारेमा जानकारी गराए पनि प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित थिए।

प्रकाशित: Nov 06, 2020| 12:01 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।