सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टोखामा सामुदायिक फिटनेस पार्कको उद्घाटन, अन्य २० ठाउँमा पनि बनाइँदै

टोखामा सामुदायिक फिटनेस पार्कको उद्घाटन, अन्य २० ठाउँमा पनि बनाइँदै

प्रोजेक्ट टेम्पल अभियान अन्तर्गतको यो पहिलो पार्क रहेको र अन्य यस्तै २० वटा पार्क पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले शुक्रबार काठमाडौंको टोखा नगरपालिका– ३ भूतखेलमा निर्मित सामुदायिक फिटनेस पार्ककोे उद्घाटन गरेका छन्। 

शारिरीक व्यायमको कमीले मानिसहरुमा अस्वस्थता बढ्दै गएका बेला नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्स (एनवाईएफसी) र डिभी एजुकेशन नेटवर्कको संंयुक्त प्रयासमा फिटनेस पार्कको निर्माण गरिएको हो। 

प्रोजेक्ट टेम्पल अभियान अन्तर्गतको यो पहिलो पार्क रहेको र अन्य यस्तै २० वटा पार्क पोखरा, बुटवल लगायतका सहरमा पनि निर्माण गरिने प्रोजेक्ट टेम्पल अभियानले जनाएको छ। 

पार्कको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस सांसद गगन थापाले बालबालिकादेखि वृद्ध–वृद्धालाई पनि शारीरिक व्यायमको आवश्यकता रहेको बताए। उनले भने, ‘नियमित व्यायम गर्नु भनेको आफ्नो स्वास्थ्यको सुरक्षा त हुँदै हो र, एकजना नागरिक स्वस्थ रहनु देशका लागि पनि योगदान हो।’ 

शारीरिक व्यायामको अभावमा नसर्ने रोग बढ्दै गएको भन्दै थापाले आफू स्वास्थ्यमन्त्री छँदा विद्यालयका विद्यार्थीलाई कम्तीमा एउटा खेलसँग जोडेर उनीहरुमा नियमित व्यायामको बानी पार्ने कार्यक्रम सुरु गर्ने तयारी गरे पनि छोटो अवधिका कारण लागू गर्न नसकिएको बताए। 

त्यस्तै पूर्व प्रधान सेनापति गौरव शमशेर जबराले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्नका लागि नियमित व्यायाम आवश्यक रहेको भन्दै देशभर नै यस्ता फिटनेस पार्कको निर्माण जरुरी रहेको बताए। 

डीभी एजुकेशन नेटवर्कका निर्देशक तरुणप्रताप शाहले  प्रोजेक्ट टेम्पल अभियानले युवाहरुलाई स्वास्थ्यप्रति जागरुक बनाउँदै लागूऔषध र मादक पदार्थ आदिको कुलतबाट टाढै राख्ने र युवालाई स्वस्थ्य जीवन शैली अवलम्बन गर्नका लागि प्रेरित गर्ने बताए । उनले टेम्पल प्रोजेक्ट अन्तर्गत निशुल्क प्रशिक्षण समेत दिइने बताएका थिए। 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि  कांग्रेस नेता थापा, विशिष्ट अतिथि पूर्व प्रधान सेनापति गौरव शम्शेर जबरा, डीभी एजुकेसन नेटवर्कका निर्देशक साह, टोखा नगरपालिकाकी उपमेयर ज्ञानीमाया डंगोल, ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठ, एनवाईएफसीका अध्यक्ष सुकदेव कार्कीले  स्वस्थ जीवन शैलीका लागि ब्यायामको महत्वबारे प्रकाश पारेका थिए। 
 

प्रकाशित: Nov 06, 2020| 12:00 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।