काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ हजार ५०० जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।
२४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।