सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

प्रतिष्ठानमा उपचाररत ७८ वर्षीया महिला र १४ वर्षीय बालकको मृत्यु भएको सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं–  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानमा उपचाररत ७८ वर्षीया महिला र १४ वर्षीय बालकको मृत्यु भएको सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१२ की ७८ वर्षीया महिला र उदयपुरको कटारीका १४ वर्षीय बालक हुन्।

महिलामा २० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको बिहीबारराति ११ बजे मृत्यु भएको हो।

त्यस्तै १४ वर्षीय बालकमा १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

नोवल अस्पतालबाट रिफर गरेर उनलाई १६ कात्तिकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। उनको आज बिहान साढे ९ बजे मृत्यु भएको हो।

बालकमा क्षयरोग लगायतको दिर्घ रोग थियो। मृतक दुवैको शव नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

प्रकाशित: Nov 06, 2020| 08:06 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।