काठमाडौं– स्रोत नखुलेको ४० लाख रुपैयाँसहित काठमाडौंको नागढुङ्गाबाट एकजना पक्राउ परेका छन्।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा रकम भेटिएको हो।
बसमा सवार गुप्ताले झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थान नोट बरामद भएको हो।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।