सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित कानुनमन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

कोरोना संक्रमित कानुनमन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ। 

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो। 

मन्त्री शाह र उनकी श्रीमतीलाई १५ कात्तिकमा कोरोना संक्रमण देखिएको थियो। होम आइसोलेसनमा बसेका उनको हिजोदेखि स्वास्थ्यमा थप समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई ज्वरो आउने, नाकबाट रगत बग्ने तथा रिंगटा लाग्ने समस्या देखिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश सिंहले मन्त्री शाहलाई काठमाडौं लैजान लागिएको जानकारी दिए।

‘अहिले उहाँ निवासबाट विमानस्थलतर्फ गइसक्नुभएको छ,’ उनले भने, ‘केहीबेरमा उहाँलाई लिएर हेलिकप्टर काठमाडौं उड्ने छ।’

प्रकाशित: Nov 06, 2020| 06:50 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।