सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिवालय सदस्यहरुलाई अध्यक्ष दाहालले धुम्बाराहीमा बोलाए

सचिवालय सदस्यहरुलाई अध्यक्ष दाहालले धुम्बाराहीमा बोलाए

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज सचिवालयका नेताहरुसँग छलफल गर्दैछन्। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज सचिवालयका नेताहरुसँग छलफल गर्दैछन्। 

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दाहालले सचिवालयका सदस्यहरुसँग छलफल गर्न लागेका हुन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे दाहालले सचिवालयका सदस्यहरुसँग छलफल गर्न लागेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

‘आज ३ बजे धुम्बाराहीमा सचिवालयको बैठक बस्दैछ,’ उनले भने,‘प्रधानमन्त्रीलाई पनि खबर भएको छ, आउनुहुन्छ की।’ छलफलका लागि सचिवालयका सबै सदस्यहरुलाई खबर गरिएको छ। तर, स्रोतका अनुसार दाहालले बोलाएको छलफलमा प्रधानमन्त्री, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा भने सहभागी नहुने बताइएको छ। 

शुक्रबार बिहान आफ्नो निवास खुमलटारमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग दाहालले छलफल गरेका थिए।

छलफलमा नेम्वाङले विवाद समाधानमा गम्भीर हुनुपर्ने बताएका थिए भने अध्यक्ष दाहालले आफूले विवाद समाधानकै लागि केन्द्रित रहेको प्रतिक्रिया दिएका थिए।  

पार्टीभित्र देखिएको विवाद समाधानका लागि पार्टी कमिटीको बैठक राख्नुपर्ने दाहालले बताउँदै आएका छन्। तर, त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुन नसकेकै कारणले समस्या देखिएको हो।

प्रकाशित: Nov 06, 2020| 06:32 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।