सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

आज बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं- नेपाली कांग्रेसका ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिरसिद्धिकी र कृष्ण किशोर घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको हो।
 
शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा ६ केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो। उनकाअनुसार रिपोर्टमा केन्द्रीय सदस्यसँगै शीर्ष एक नेताको सुरक्षार्थ खटिएका दुई सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको छ ।

यसअघि गत मंसिर १९ गतेका लागि बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकलक्षित गरेर गरिएको परीक्षणका क्रममा पनि कांग्रेसका केही केन्द्रीय सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भने हिजो नै २४ कात्तिक दिउँसो १ बजेसम्मका लागि स्थगित भइसकेको छ।

प्रकाशित: Nov 06, 2020| 06:21 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।