काठमाडौं– गैरआवसीय नेपाली संघले १० हजार थान एन्टिजिन टेस्ट किट स्वास्थ्य तथा जनसंख्या मन्त्रलयलाई हस्तान्तरण गरेको छ।
शुक्रबार मन्त्रालयको प्रांगणमा संघका उपाध्यक्ष बद्री केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई टेस्ट किट हस्तान्तरण गरेका हुन्।
राज्यमन्त्री रावतले विपद्को समयमा नेपाल र नेपालीलाई माया गरेर सहयोग गरिरहेकामा संघलाई धन्यवाद दिएका छन्।