सोमबार, भदौ १५, २०८३

झापामा कोरोना सङ्क्रमणबाट गयो ५८ जनाको ज्यान 

कोरोना भाइरसको महामारीबाट झापा जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

झापा– कोरोना भाइरसको महामारीबाट झापा जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ। 

जनस्वास्थ्य कार्यालय झापाले शुक्रबारसम्म सो संख्यामा ज्यान गएको जनाएको हो। हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार ३० हजार ४४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जनामा संक्रमण पुष्टि भएको छ। 

तीमध्ये एक हजार ४४२ जना निको भएर घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा छ। दमकमा ५५८ कोडिभ १९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन्।
 
१५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए।  

प्रकाशित: Nov 06, 2020| 05:24 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।