सोमबार, भदौ १५, २०८३

राष्ट्रपतिको भूमिकाप्रति भीम रावलले उठाए प्रश्न

सत्तारुढ नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले हात हालेको भन्दै स्थायी समिति सदस्य भीम रावलले आपत्ति जनाएका छन् । 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौँ- सत्तारुढ नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले हात हालेको भन्दै स्थायी समिति सदस्य भीम रावलले आपत्ति जनाएका छन् । 

उनले राष्ट्रपतिले अनाआवश्यक रुपमा एउटा पार्टीको आन्तरिक विवादमा कुनै एक पक्षलाई सहयोग गर्ने गरी सक्रियता देखाएको भन्दै आपत्ति जनाएका हुन् । 

नेता रावलले ट्विटरमार्फत आफ्नो धारणा राख्दै राष्ट्रपति सक्रिय बनेका हुन् भने त्यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताएका छन् । 

केही दिनअघि मात्र राष्ट्रपति भण्डारीले बामदेव गौतमलाई भेटेर पार्टीको आन्तरिक राजनीतिमा चासो राखेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई राष्ट्रपतिले साथ दिँदै आएको खबरहरू आइरहेका छन्।

प्रकाशित: Nov 06, 2020| 04:50 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।