सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख सोलुखुम्बुमा

राष्ट्रपतिको हेलिकप्टर चढेर भारतीय सेना प्रमुख सोलुखुम्बुमा

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले माउन्टेन फ्लाइट गरेका छन्। 

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि खरिद गरिएको हेलिकप्टरमार्फत शुक्रबार माउन्टेन फ्लाइट गराइएको सैन्य स्रोतले जनाएको छ। 

तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु गएका हुन्। माउन्टेन फ्लाइटपछि उनले खुम्बु पासाङल्हामु गाउँपालिका  ४ मा रहेको होटल एभरेष्ट भ्यू बाट सर्वोच्च शिखर सगरमाथाको दृश्यावलोकन गर्ने कार्यक्रम रहेको छ। 

सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको र त्यहीँ बसेर उनले ब्रेकफास्ट गरेर काठमाडौं फर्कने छन्।  

त्यहाँबाट फर्केपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरवणेले भेटवार्ता गर्ने र त्यहाँबाट शिवपुरी स्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ। भारतीय सेना प्रमुख नरवणे आजै स्वदेश फर्कने छन्। 

प्रकाशित: Nov 06, 2020| 03:43 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।