सोमबार, भदौ १५, २०८३

कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि  बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ । 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। 

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका गजुरेलको अवस्था जटिल बनेपछि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको छ

कात्तिक १९ गते बुधबार अस्पताल भर्ना भएका गजुरेलको हाल आईसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ। उनलाई निमोनिया भएको आशंका गरिएको छ। 

आफूलाई कोरोना संक्रमण भएको उनले फेसबुकमार्फत सार्वजनिक गरेका थिए। आफ्ना दाजुलाई अस्पताल ल्याउने-लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। 

कात्तिक १८ गते मंगलबार उनले फेसबुकमा आफ्नो स्वास्थ्य अवस्था अझै पुर्ण सुधार भैनसकेको लेखेका थिए। शरीरले फरक फरक कृया–प्रतिकृया देखाई रहेको पनि उल्लेख गरेका थिए । 

प्रकाशित: Nov 06, 2020| 03:23 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।