धनगढी- कोरोना भाइरसको संक्रमणका कारण कैलालीमा एक वडाध्यक्षको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिकाका वडानम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको शुक्रबार (आज) बिहान मृत्यु भएको हो ।
गौरीगंगा – ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचारत उनको आज बिहान ६ः२५ बजे मृत्यु भएको नगरपालिकाका मेयर भिमबहादुर देउवाले जानकारी दिए ।
मेयर देउवाका अनुसार उनलाई स्वासप्रश्वासको समस्या देखिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई केहि दिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारका क्रममा ७३ वर्षीय वडाध्यक्षको आज बिहान मृत्यु भएको हो ।
मृतक शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए।