सोमबार, भदौ १५, २०८३

पुनः सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सरेको छ।

बैठक २४ गते सोमबार दिउँसो १ बजे बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।  

१४ औं महाधिवेशनको मितिका बारे छलफल गर्न र पार्टीभित्रका विवाद समाधानका लागि सभापति देउवाले आजका लागि बैठक डाकेका थिए।  

यसअघिका असोज  १९ गतेका लागि बोलाइएको बैठक सात जना केन्द्रीय सदस्यलगायत कर्मचारी र नेताका सहयोगीहरुमा कोरोना पोजेटिभ देखिएपछि सारिएको थियो।  

आज बोलाइएको बैठक पार्टीबाट संघीय सांसदसमेत रहेका पार्टीका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनका कारण सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए।

प्रकाशित: Nov 06, 2020| 02:21 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।