सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न प्रशासनको निर्देशन

स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न प्रशासनको निर्देशन

कोरोना सङ्क्रमित व्यक्तिले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

सुनसरी– कोरोना सङ्क्रमित व्यक्तिले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ। 

जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। 

सङ्क्रमित व्यक्ति घरमै बस्ने बहानामा गाउँघर डुल्ने र सरकारले जारी गरेको स्वास्थ्य सावधानीका उपाय समेत अवलम्बन नगर्ने गरेको गुनासो बढेको भन्दै त्यस्ता व्यक्तिको हकमा कारवाही गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए।  

समाजका प्रतिष्ठित व्यक्तिले समेत स्वास्थ्य सावधानीका उपाय अवलम्बन नगरेको पाइएको उनको भनाइ छ। 

समाजमा सङ्क्रमण बढ्दो क्रममा रहेको र तस्तो बेला बढ्दो असावधानीले थप जोखिम बढाउने निष्कर्षसहित उक्त निर्णय कार्यान्वयनमा ल्याउन प्रहरीलाई निर्देशन दिइएको उनले बताए। 

स्थानीयवासीलाई समेत सङ्क्रमित व्यक्तिले हेलचेक्र्याइँ गरेको पाइए सो विषयमा जानकारी गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ। 

जिल्ला प्रहरी कार्यालयमार्फत मातहतका सबै युनिटलाई उक्त निर्णय कडाइका साथ कार्यान्वयनमा ल्याउन भनेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।  

प्रकाशित: Nov 06, 2020| 01:46 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।