सोमबार, भदौ १५, २०८३

गण्डकी सरकार असफल : कांग्रेस

गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना नियन्त्रणमा सरकारका कदम प्रभावहीन बनेको भन्दै गण्डकी सरकार असफल भइसकेको बताएको छ। 
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

पोखरा– गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना नियन्त्रणमा सरकारका कदम प्रभावहीन बनेको भन्दै गण्डकी सरकार असफल भइसकेको बताएको छ। 

कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकारसमक्ष जनमुखी प्रस्ताव राखेको तर सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाएको छ। 

आफूहरुको प्रस्ताव बेवास्ता गरेका कारण अहिलेको अवस्था आएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए। 

पोखरामा बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ बाट प्रदेश र जनतालाई हुनसक्ने क्षतिबाट बचाउन नेपाली कांग्रेस संसदीय दल गण्डकीले विभिन्न समयमा सुझाव दिने, मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, भेटेर छलफल गर्ने लगायत प्रयास भएकै हो ।’ 

‘एक घर, एक पिसिआर’ लगायत कोभिड १९ सम्बन्धी संकल्प प्रस्ताव समेत प्रदेसभामा दर्ता गराएको तर सरकार गैरजिम्मेवार भएर कांग्रेसको सकारात्मक मागलाई नजरअन्दाज गर्ने, अस्वीकृत गर्ने कार्य गरेको दलको आरोप छ । 

नेपाली कांग्रेसले आंकलन गरेको कोभिड १९ को दुष्परिणाम अहिले आएर यथार्थमा परिणत भएको प्रतिपक्षी दल कांग्रेसका मुख्य सचेतक मणिभद्र शर्मा कँडेलले बताए। 

निर्णयमा भनिएको छ, ‘यस विषम परिस्थितिमा जनताको पिसिआर गर्ने, संक्रमित र अन्य रोगको उपचार समेत गर्न सरकार असफल भएको छ ।’ 
संघ सरकारले कोरोना संक्रमितको निशुल्क उपचार र पिसिआर नगर्ने निर्णयको पनि कांग्रेसले विरोध गरेको छ। 

‘नागरिकको निशुल्क पिसिआर गर्ने, उपचार गर्ने तथा समस्यामा परेका अन्य नागरिकको उपचार, समस्याको सम्बोधन तत्काल गर्न गण्डकी प्रदेश सरकारलाई जोडदार माग गर्दछौं,’ दलका सचेतक ओमकला गौतमले भनिन्। 

बैठकले कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर केसीको निधनप्रति कांग्रेसले शोक व्यक्त गरेको छ। 

शोकप्रस्तावमा भनिएको छ, ‘उहाँको निधनले नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेश स्तब्ध र दुखी बनेको छ। उहाँको असामयिक निधनले लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुर्याएको छ।’ 

बिहीबार नै स्वर्गीय केसीको घरमा दलका पदाधिकारी पुगेका थिए। 

प्रकाशित: Nov 06, 2020| 01:25 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।