सोमबार, भदौ १५, २०८३

गम्भीर अवस्थाका संक्रमित सबैभन्दा बढी बागमतीमा

प्रदेश २ र कर्णाली प्रदेशमा भने कोही पनि भेन्टिलेटरमा छैनन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित २९ हजार ५७४ जना घरमै बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज बिहीबारको तथ्यांकअनुसार  प्रदेश १ मा ४ हजार ६९८ जना, प्रदेश २ मा ९८६ जना, बागमती प्रदेशमा १८ हजार ६३२ जना र गण्डकीमा १ हजार ७१० जना, लुम्बिनी प्रदेशमा २ हजार ५८३ जना, कर्णाली प्रदेशमा २५५ जना र सुदूरपश्चिम प्रदेशमा ७१० गरी कुल २९ हजार ५७४ जना होम आइसोलेसनमा छन्।

३६ हजार ५१४ सक्रिय संक्रमितमध्ये अन्य संस्थागत आइसोलेसनमा छन्। 

त्यस्तै देशभरका अस्पतालका आईसीयूमा ४२८ जना र भेन्टिलेटरमा ७४ जना संक्रमित उपचाररत छन्। सबैभन्दा धेरै बागमती प्रदेशमा २११ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा पनि बागमती प्रदेशमै सबैभन्दा धेरै ३५ जना उपचाररत छन्। 

प्रदेश १ मा ४५ जना, प्रदेश २ मा ८ जना, गण्डकीमा ८९ जना, लुम्बिनी प्रदेशमा ६२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना संक्रमित आईसीयूमा छन्।

भेन्टिलेटरमा उपचाररतमध्ये प्रदेश १ मा १३ जना, बागमतीमा ३५ जना, गण्डकीमा १७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना छन् । प्रदेश २ र कर्णाली प्रदेशमा भने कोही पनि भेन्टिलेटरमा छैनन्। 

पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जना संक्रमित थपिएका छन् भने ३४ सय ३० जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ६८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। 

कोरोनामुक्त हुनेको संख्या भने १ लाख ४८ हजार ४०८ पुगेको छ। 

प्रकाशित: Nov 05, 2020| 12:21 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।