सोमबार, भदौ १५, २०८३

विराटनगरमा थप दुई संक्रमितको मृत्यु

सुनसरी र मोरङमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

विराटनगर– विराटनगरमा विहीबार दिउँसो थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना सुनसरी इटहरीका हुन्। 

इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए। 

इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । 

सुनसरी र मोरङमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । 


 

प्रकाशित: Nov 05, 2020| 11:43 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।