सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ७० लाख जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

७० लाख जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा अदालतले ७० लाख जरिवाना ठहर गरेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– बैंकिङ कसुर मुद्दामा अदालतले ७० लाख जरिवाना ठहर गरेका एक प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। 

पर्साको वीरगन्ज महानगरपालिका–६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट सीआईबीले पक्राउ गरेको हो।

बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

अदालतले कैद र जरिवाना ठहर गरेपछि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो। 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानकारी भएर पनि पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु दिएका थिए। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ।

प्रकाशित: Nov 05, 2020| 11:36 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।