सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा

राष्ट्रपति निवास शितल निवासमा आज आयोजित  विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– तीन दिन नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका छन्।

राष्ट्रपति निवास शितल निवासमा आज आयोजित  विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्। 

नेपाल–भारतका सेनाध्यक्षले एकअर्का देशको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन छ। 

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आएका हुन्।

आज बिहान जङ्गी अड्डामा उनी विभिन्न कार्यक्रमहरुमा सरिक भएका छन्। त्यस्तै उनले प्रधानसेनापति थापासँग पनि भेटवार्ता गरेका छन्।

भेटमा जनरल नरवणेले नेपाली सेनालाई सहयोगस्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरसमेत हस्तान्तरण गरेका थिए।

महारथीको दर्ज्यानी चिन्ह ग्रहणपश्चात् उनी सोझै जङ्गी अड्डा जाने कार्यक्रम छ। 

प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। उनले भोलि शुक्रबार नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता हुने र स्वदेश फर्किने कार्यक्रम रहेको सेनाले जनाएको छ।

प्रकाशित: Nov 05, 2020| 11:26 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।