सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनशन तोडेको महिना दिनपछि डा. केसीको प्रश्न– सम्झौता कार्यान्वयन प्रकृया कहाँ पुग्यो ?

अनशन तोडेको महिना दिनपछि डा. केसीको प्रश्न– सम्झौता कार्यान्वयन प्रकृया कहाँ पुग्यो ?

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औं सत्याग्रह र त्यसअघिका सत्याग्रहका सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धित सबै पक्षलाई खबरदारी गर्न आग्रह गरेका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले १९ औं सत्याग्रह र त्यसअघिका सत्याग्रहका सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धित सबै पक्षलाई खबरदारी गर्न आग्रह गरेका छन्।

आज बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले १९ औं सत्याग्रहमा भएको सम्झौताको पनि कार्यान्वयन प्रकृया कहाँ पुगेको छ भनेर प्रश्न गरेका छन्। 

१९ औं सत्याग्रहमा भएको सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने तर काम सुरु गरिहाल्नु पर्ने बुँदाहरु भएकाले कार्यान्वयन प्रक्रियाबारे डा. केसीले चासो दिएका हुन्। 

१९ औं सत्याग्रहको सम्झौता भएको १ महिना पुग्नै लाग्दा डा. केसीले सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले सरकारलाई खबरदारी गर्नुको विकल्प नभएको पत्रकार सम्मेलनमा बताएका छन्। 

साथै सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षाको गुणस्तर कायम राख्ने दिशामा नेपालले ठूलो फड्को मार्ने डा. केसीको भनाइ छ। सरकारले स्वास्थ्य र शिक्षामा पनि व्यापार गरेर जनतालाई सेवा दिन कुनै चासो नदेखाएको आरोप लगाएका छन्। 

पदाधिकारी नियुक्तिका लागि विज्ञहरुका समितिको प्रतिवेदनलाई लत्याएमा देशका विश्वविद्यालय र प्रतिष्ठानहरु कार्यकर्ता भर्ती थलोको रुपमा चिनिने उनले बताएका छन्।

सम्झौता कार्यान्वयन नभए २० औं सत्याग्रह सुरु गर्ने चेतावनी डा. केसीले दिएका छन्।  
 

प्रकाशित: Nov 05, 2020| 10:30 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।