सोमबार, भदौ १५, २०८३

मोरङ र सुनसरीमा थप ६ जना संक्रमितको मृत्यु

५ जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

विराटनगर– मोरङ र सुनसरीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। ५ जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो। 

विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ। अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताका अनुसार कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १७ गते उनलाई अस्पताल भर्ना गरिएको थियो। 

नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो। उनको बिहीबार बिहान ३ बजेतिर आइसोलेसनमै मृत्यु भएको उनको भनाइ छ। 

विराटनगर ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ। महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार मुटुको पुरानै समस्या रहेका उनलाई श्वासप्रश्वासमा एक्कासि समस्या देखिएको थियो। 

त्यसपछि पीसीआर परीक्षणका लागि बुधबार दिउँसो स्वाब संकलन गरिएको र नोबेल शिक्षण अस्पतालको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको पौडेलले बताए। रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि वित्न नपाउँदै राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको जानकारी उनले दिए। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरीका दुई जना र मोरङका एक जनाको विहिबार बिहान मृत्यु भएको हो। 

सप्तरीको राजविराज–१ की २३ वर्षीया युवतीको बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज–८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको डा. श्रेष्ठले बताए। कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा कात्तिक १५ गते संक्रमण पुष्टि भएको थियो। 

उपचारको क्रममा विहीबार विहान उनको मृत्यु भएको सहप्रवक्ता डा. श्रेष्ठले बताए।

प्रकाशित: Nov 05, 2020| 10:16 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।