सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना परीक्षण र उपचार शुल्क लिन पाउनुपर्ने सरकारको पुनरवलोकन निवेदन सर्वोच्चद्वारा अस्वीकार

कोरोना परीक्षण र उपचार शुल्क लिन पाउनुपर्ने सरकारको पुनरवलोकन निवेदन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने भनी गरेको फैसला पुनरवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निवेदन अस्वीकार गरेको छ।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– सर्वोच्च अदालतले कोरोनाको निःशुल्क परीक्षण र उपचार सरकारले गर्नुपर्ने भनी गरेको फैसला पुनरवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निवेदन अस्वीकार गरेको छ।

मन्त्रालयका तर्फबाट १७ कात्तिकमा पेश भएको पुनरवलोकन निवेदनमा सर्वोच्चले अनुमति नदिने आदेश गरेको हो। अदालतको यो आदेशसँगै सरकारले यसअघिको फैसला कार्यान्वयन गर्नुपर्ने छ। 

न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले पुनरवलोकन नहुने आदेश गरेको हो।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन पेश गरेका थिए।

अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले १५ असोजमा निःशुल्क गर्न आदेश गरेको थियो। 

मन्त्रालयले गरेको पुनरवलोकन निवेदनमा भने राज्यको स्रोतसाधन र जनशक्तिले नभ्याउने भन्दै शुल्क लिनुपरेको दाबी गरिएको थियो।

‘कोभिड–१९ को प्रकोप शुरु भएदेखि नै यसको नियन्त्रण तथा उपचारका लागि निर्वाह गरेको भूमिकालाई अदालतले अनदेखा गरी आदेश जारी गरेको देखिन्छ,’ निवेदनमा जिकिर गरिएको थियो।

प्रकाशित: Nov 05, 2020| 09:57 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।