सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समूहका कार्यकर्ता पक्राउ

भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउन खोज्ने विप्लव समूहका कार्यकर्ता पक्राउ

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका छन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउन खोज्ने नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका छन्। 

बुधबार र बिहीबार गरेर चार जना कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

पक्राउ पर्नेमा खेम प्रधान, टिकाराम चौधरी, बाबुराम तामाङ र भावना विद्रोही छन्। उनीहरुलाई परिसरको हिरासतमा राखिएको छ। 

भारतीय सेनाध्यक्षको भ्रमणका क्रममा हुन सक्ने अप्रिय घटनालाई लक्षित गर्दै प्रहरीले गरेको अपरेसनमा चार जना पक्राउ परेका हुन्। कालो झण्डा देखाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता राठोरले जानकारी दिए। 

बुधबार नै पुण्य गौतमलाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनले युट्युब च्यानलमार्फत कालो झण्डा देखाउने लगायतका उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको हो।

प्रकाशित: Nov 05, 2020| 08:58 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।