सोमबार, भदौ १५, २०८३

वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

स्वास्थ्यकर्मीले बिहान साढे १० देखि साढे ११ बजेसम्म कालो पट्टी बाँधेर अस्पताल परिसरमा धर्ना दिएका छन्। 

अस्पतालले संक्रमण व्यवस्थापनमा खटिँदा गुणस्तरीय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको, कोभिड भत्ता नदिएको, ज्यालादारी भनेर दसैतिहारमा भत्ता नदिएको, एक दिनको तलब कट्टा गरेर दिएको, उपयुक्त स्रोत सामग्री नदिएको आन्दोलित स्वास्थ्यकर्मीको भनाइ छ। 

अस्पताल प्रशासनले धम्कीपूर्ण शैलीमा हप्ताको ९६ घण्टासम्म काम गराएको लगायतका माग राख्दै हिजोमात्रै वीरका आकस्मिक विभागका १६ जना डाक्टरले सामूहिक राजीनामा दिएका थिए। अस्पतालमा हालसम्म २०० भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। 

प्रकाशित: Nov 05, 2020| 08:38 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।