सोमबार, भदौ १५, २०८३

नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा एक घण्टा छलफल

पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। दुवै अध्यक्षले आ–आफ्नो गुटका भेला गर्दै आइरहेका छन्।
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। 

प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार बालुवाटारमा दुई अध्यक्षबीच एक घण्टा छलफल भएको थियो। ‘उहाँहरुबीच भेटवार्ता भएको छ। के विषयमा कुराकानी भयो भन्ने जानकारी भएन,’ उनले भने।

पार्टीभित्र देखिएको विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। दुवै अध्यक्षले आ–आफ्नो गुटका भेला गर्दै आइरहेका छन्। एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका बेला दुई अध्यक्षबीचको संवादले नै समस्या समाधान हुने भन्दै नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच भेट भएको हो।

भेटमा के छलफल भयो भन्ने जानकारी आइसकेको छैन। केही दिनअघि भएको छलफलमा प्रधानमन्त्री ओलीले अब अघि बढ्न नसकिने भए सल्लाहमै छुट्टिन सक्ने भन्दै प्रस्ताव राखेको दाहालले खुलासा गरेका थिए।

ओली निकटका नेताहरुले भने ओलीले कार्यकारी अध्यक्ष दाहालले आफू प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव राखेको दाबी गरेका थिए। 

दुवै अध्यक्षबीच बुधबार नै भेटवार्ता गर्ने भनिए पनि अन्तिममा आएर भेटवार्ता स्थगित भएको थियो।

प्रकाशित: Nov 05, 2020| 07:53 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।