सोमबार, भदौ १५, २०८३

जिप्रका नुवाकोटमा बारअनुसार सेवा

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन  जिल्ला प्रशासन कार्यालय नुवाकोटले बारअनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ।  
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं- कोरोना सङ्क्रमणको जोखिम हुन नदिन  जिल्ला प्रशासन कार्यालय नुवाकोटले बारअनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ।  प्रशासनमार्फत प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका सेवाग्राहीले पाउने भएका छन्।

प्रशासनले आज एक सूचना जारी गर्दै  शुक्रबारदेखि एक दिनमा चार स्थानीयतहको मात्र काम गर्ने जनाएको हो। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालद्वारा जारीे सूचनामा एक दिनमा चार स्थानीयतहको मात्र काम हुने र त्यसको लागि जिल्लामा रहेका १२ स्थानीय तहलाई तीन समूह बनाइएको छ। 

एक सातामा एक स्थानीय तहको दुई दिन मात्र सेवा उपलब्ध गराउने सूचनामा उल्लेख गरिएको छ। सूचनामा विदुर नगरपालिका, सूर्यगढी, तादी र दुप्चेश्वर गाउँपालिको सेवाग्राहीको लागि आइतबार र बुधबार सेवा निर्धारण गरिएको छ।

यस्तै, बेलकोटगढी नगरपालिका, तारकेश्वर, म्यागङ र किस्पाङ गाउँपालिकाको सेवाग्राहीको लागि सोमबार र बिहीबार सेवा उपलब्ध हुने उल्लेख गरिएको छ। 

यस्तै, पञ्चकन्या, शिवपुरी, लिखु र ककनी गाउँपालिकाको लागि मंगलबार र शुक्रबार सेवा उपलब्ध हुने जनाइएको छ।  

सामाजिक दुरी कायम राख्न तथा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयन गराउन चुनौती भएकाले स्थानीय तहलाई एक सातामा दुई दिन मात्र सेवा उपलब्ध गराउने गरेर तालिका सार्वजनिक गरिएको जनाइएको छ। सार्वजनिक तालिका अनिश्चित समयको लागी कायम हुने उल्लेख गरिएको छ।

प्रकाशित: Nov 05, 2020| 07:46 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।