सोमबार, भदौ १५, २०८३

जवरजस्ती करणी मुद्दामा फरार व्यक्ति पक्राउ 

जवरजस्ती करणी मुद्दामा अदालतबाट ११ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

धनगढी– जवरजस्ती करणी मुद्दामा अदालतबाट ११ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्। 

कैलालीको भजनी नगरपालिका २ हाल वडा नम्बर ५ बस्ने दीर्घबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो। 

भजनी निवासी महिलालाई जवरजस्ती करणी गरी फरार कामीलाई ०७४ मंसिर २४ गते जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकेको थियो। 

ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कात्तिक १८ गते भजनी नगरपालिका ५ बाट राति साढे ११ बजे पक्राउ गरी १९ गते जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

प्रकाशित: Nov 05, 2020| 05:55 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।