धनगढी– कैलालीमा कोरोना संक्रमित एकको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो।
कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।