सोमबार, भदौ १५, २०८३

स्याङ्जामा एकै दिनमा १११ जना फरार प्रतिवादी पक्राउ

 जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा विभिन्न आरोपमा फरार रहेका १ सय ११ जना प्रतिवादीलाई  पक्राउ गरेको छ । 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा विभिन्न आरोपमा फरार रहेका १ सय ११ जना प्रतिवादीलाई  पक्राउ गरेको छ । 

एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् बुधबार एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ हो । 

पक्राउ पर्नेहरु जिल्ला अदालत स्याङ्जाको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका ब्यक्तिहरु हुन् ।  

कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जबरजस्ती करणी, मानव बेचबिखन, लागु औषध, बहुविवाहलगायत विभिन्न कार्यमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । 

पक्राउ पर्नेमा ९७ जना पुरुष र १४ जना महिला रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ‘फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको छ । 

प्रकाशित: Nov 05, 2020| 05:36 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।