सोमबार, भदौ १५, २०८३

पूर्वपतिद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

सोलुखुम्बु– सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ। 

२९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
    
होमबहादुर र सोमा श्रीमान् श्रीमती भए पनि ०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग सँगै बस्दै आएको बताइएको छ।  

स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भएपछि विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी सोमाको टाउको, शरीर र भागमा हान्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए।  
   
घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा राखिएको छ। आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

प्रकाशित: Nov 05, 2020| 03:37 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।