सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि कोरोना बीमाको भुक्तानी दिइने, यी कागज अनिवार्य चाहिने

आजदेखि कोरोना बीमाको भुक्तानी दिइने, यी कागज अनिवार्य चाहिने

कोरोना बीमा गरेका संक्रमितहरुले आजबाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

काठमाडौं- कोरोना बीमा गरेका संक्रमितहरुले आजबाट बीमा दाबीको भुक्तानी पाउने भएका छन् । 

बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि बीमा कम्पनीहरुले आजबाट भुक्तानी दिन लागेका हुन् । 

हिजो (बुधबार) बसेको बिमक संघको बैठकले आजैदेखि भुक्तानी गर्ने निर्णय गरेको थियो । बीमा पुलले दाबी प्रमाणित गरी सम्बन्धित कम्पनीमा पठाउन सुरु गरे पनि बिमितले भुक्तानी पाउन भने थप एक दुई दिन लाग्ने भएको छ । 

बीमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बीमा पुलमा पठाउने, पुलले ५ दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्ने निर्णय गरेको छ । 

लामो समय बिमित संक्रमितहरुले बिमा दाबीको भुक्तानी पाउन सकेका थिएनन् । सोमबार मात्रै अर्थमन्त्रालय कागजपत्र पुगेका सबै दाबीको भुक्तानी गर्न निर्देशन दिएपछि भुक्तानी प्रक्रिया अघि बढेको हो । हाल १४ हजारभन्दा धेरैले बिमा रकम दाबी गर्दै निवेदन दिएका छन् ।  

बिमाको भुक्तानी लिनका लागि कोरोना पोजिटिभ देखिएको पीसीआर रिपोर्ट, बीमा लेखको प्रतिलिपि, पूर्ण रूपमा भरिएको दाबी फारम, घरमै आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायको सिफारिस, अस्पतालमा उपचार गरेको भए डिस्चार्ज रिपोर्ट, संक्रमितको परिचय खुल्ने आधिकारिक परिचयपत्र र अस्पतालमा उपचार गरेको भए उपचारको बिल बुझाउनुपर्छ। 

सरकारले कोरोनाको जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमा गराउने अभियान सुरु गरेको थियो । 

प्रकाशित: Nov 05, 2020| 03:09 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।