सोमबार, भदौ १५, २०८३

जैबिक विविधता संरक्षणमा जोड 

जैविक विविधता संरक्षण भएमा मात्रै वातवरण स्वच्छ हुन भएकाले युवा पुस्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइएको छ। 
 |  बिहीबार, कात्तिक २०, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०७७

भैरहवा–जैविक विविधता संरक्षण भएमा मात्रै वातवरण स्वच्छ हुन भएकाले युवा पुस्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताइएको छ। 

ग्रीन युथ क्लबको कार्यलय उद्घाटनका क्रममा आयोजित भेलालाई सम्बोधन गर्दै राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख नेकपा नेता खिमलाल भट्टराइले भने, ‘अबको पुस्ताको काँधमा प्रकृति संरक्षण र जैविक विविधताको संरक्षण पनि छ।’ 

नेता भट्टराइले हरियाली प्रबद्र्धनमा पनि जोड दिए । उनले लुम्बिनी क्षेत्रमा रहेको खेतमा सिचांईको व्यवस्था गर्न सरकारले योजना बनाउँदै गरेको जानकारी दिए।  

उनले लुम्बिनी क्षेत्रको दुःख गरिबी र अभाव हटाउने विषयमा आफू सधैं चिन्तित भएको दोहोर्याए।  

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेतेयाले लुम्बिनी क्षेत्रको आधुनिक विकासका लागि बृहतर लुम्बिनी गुरु योजनाले टेवा दिने बताए। 
उनले जैबिक विविधता बचाउने अभियानमा ग्रीन युथ क्लबले अग्रसरता लिएको प्रति खुसी ब्यक्त गरे। 

उपाध्यक्ष मेतेयाले  लोपोन्मूख सारस पंक्षी लुम्बिनीको पहिचान भएको बताउदैं लुम्बिनी विकास कोष पनि जैविक विविधता संरक्षणका लागि योजनाबद्ध काम गरिरहेको बताए। 

ग्रीन युथ क्लबका अध्यक्ष अर्जुन कुमार कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको  थियो। 

 

प्रकाशित: Nov 05, 2020| 02:50 बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।